मंगलबार, साउन ५, २०८३

प्रधानमन्त्रीलाई योगेशको चेतावनी- धेरै झ्वाँक नचलाउनुस्

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- नेकपा एमालेका सांसद योगेश भट्टराईले नागरिकता विधेयकको कन्टेन्टमा बहस गर्न आफूहरू तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले झ्वाँक नचलाउन प्रधानमन्त्रीलाई चुनौती दिए।

उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाउनुभयो। यसरी झ्वाँक देखाउने छुट तपाईंलाई छैन। नागरिकता विधेयक प्रक्रियागत हिसाबले हामीले प्रश्न उठाएका हौं। कन्टेन्टमा छलफल गर्न हामी तयार छौं।’
भूमि साटफेरको विषयमा आफैंले बोलेको कुरालाई नढाँट्न उनले सुझाए।

प्रकाशित: Jun 05, 2023| 14:41 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्