मंगलबार, साउन ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डलाई राप्रपा सांसद सिंहको प्रश्न- धोती लगाएर पशुपतिनाथ दर्शन कहिले गर्ने?

प्रचण्डलाई राप्रपा सांसद सिंहको प्रश्न- धोती लगाएर पशुपतिनाथ दर्शन कहिले गर्ने?

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमणमात्र नभई धार्मिक भ्रमण पनि रहेको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै वस्त्र उतारे अर्को वस्त्र लगाएर महाकालको दर्शन गरी राम्रोसँग देश, जनता र आफ्नो लागि पूजापाठ गरेको बताउँदै प्रश्न गरे- ‘हाम्रो प्रधानमन्त्रीज्यू भगवानको राजा पशुपतिनाथको मन्दिर कहिले जाने हो? तिथिमिति पनि हामीलाई बताइदिनुहोला।’

सांसद सिंहले हिजो भारतसँग सुरुङ युद्ध गर्छु भन्ने प्रधानमन्त्री भारतमा महाकालेश्वरको दर्शन गरी भैंसी लिएर आएको भन्दै कटाक्षसमेत गरे। यस्तै उनले भारत भ्रमणका बेला प्लेन चढ्ने बेलामा किन नागरिकता विधेयकमा ल्याप्ने हान्न लगाउनुभयो भन्दै प्रश्न गरे।

प्रकाशित: Jun 05, 2023| 14:25 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्