सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीलाई संसद्‍मा प्रश्न- कपिलवस्तु र लुम्बिनी साँच्चै बेच्नुभएको हो?

प्रधानमन्त्रीलाई संसद्‍मा प्रश्न- कपिलवस्तु र लुम्बिनी साँच्चै बेच्नुभएको हो?

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

National life

काठमाडौं- सांसद अमृतादेवी अग्रहरीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला भारतको संसद्‍मा राखेको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेकोप्रति भारतीय प्रधानमन्त्रीलाई ध्यानाकर्षण नगरेकोमा आपत्ति जनाएकी छिन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै उनले लुम्बिनी र कपिलवस्तु साँच्चै बेचेका कारण त्यसबारे नबोलेको हो कि भनेर आशंका गरिन्।

सांसद अग्रहरीले भनिन् ‘प्रधानमन्त्रीज्यू देश रहेन भने कहाँ राजनीति गर्नुहुन्छ? तपाईं भारत जानुभन्दा पहिला नै सुन्नुभएको थियो- कपिलवस्तु, लुम्बिनी लगायत नेपालका भूभाग भारतको नक्सामा समावेश गरिएको छ। तपाईंले अहिले जति भनाइ रोष्टमबाट दिनुभयो, त्यो सबै गौण थियो। कपिलवस्तु, लुम्बिनी लगायत अन्य भूभागको विषयमा तपाईं एक शब्द बोल्न सक्नुभएन। कतै कपिलवस्तु र लुम्बिनी तपाईंहरुले बेचेको त हैन? नत्र तपाईं किन रोष्टमबाट बोल्न सक्नुभएन?’

प्रकाशित: Jun 05, 2023| 14:09 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्