सोमबार, वैशाख २८, २०८३

रास्वपाका सांसदले मागे परराष्ट्रमन्त्री साउदको राजीनामा

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

National life

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाइप्रति प्रतिनिधिसभा बैठकमा सांसदहरुले प्रश्न उठाएका छन्। भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै मन्त्री साउदले भारतले संसद् भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको कुरा नेपाल सरकारलाई थाहा नभएको बताएका थिए।

मन्त्री साउदको सो भनाइलाई लिएर सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भने, ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो। रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईंको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो। हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ।’

यस्तै एमाले सांसद रघुवीर महासेठ र एकनाथ ढकालले पनि भारतको संसद् भवनमा भएको नक्साको बारेमा सरकारले भ्रमणको क्रममा किन प्रश्न नउठाएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

प्रकाशित: Jun 05, 2023| 13:57 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्