सोमबार, वैशाख २८, २०८३

नागरिकता विधेयक अदालतमा गइसक्यो, पर्खौं: प्रधानमन्त्री

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको मूल मर्म अनागरिकले नागरिकता नपाउन भन्ने रहेको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक अदालतमा गइसकेको र अब पर्खन सांसदलाई आग्रह गरेका हुन्।

National life

प्रचण्डले भने,‘नागरिकताविहीन १२ लाख पुगिसके। केपी ओली हुँदा ल्याएको अध्यादेश होस् चाहे शेरबहादुर देउवाजी हुँदा ल्याएको विधेयक होस्। सरकारले निर्णय गर्छ, अदालतले रोक्छ, सत्तापक्ष र प्रतिपक्षले भोगेको पीडा हो। अदालतमा यो विषय गइसक्यो,'अब पर्खौं।’

नेपाली नागरिकले सहज ढंगले नागरिकता प्राप्त गर्नुपर्ने बताए। प्रचण्डले भने, ‘अनागरिकले नागरिकता नपाउन भन्ने मूल मर्म हो। हामी सबै वास्तविक नेपाली नागरिकता प्राप्त गर्नबाट बञ्चित नहोस् भन्नेमा हामी प्रष्ट छौं। यो सिद्धान्तमा हामी कोहि द्वविधामा छैनौं। त्यतिबेला नागरिकतासम्बन्धी अध्यादेश जारी गर्दा प्रतिपक्षी दलको नेता प्रधानमन्त्री हुनुहुन्थ्यो।’

नागरिकताको विषयलाई अनावश्यक ढंगले विवादित बनाइएको उनको भनाइ छ।  प्रचण्डले भने, ‘जनताले के गरी बुझ्ने? तपाईं हामीले के गरी बुझ्ने भन्ने आयो? हामी एकै ठाउँमा थियौं, अहिले त्यहि गर्‍यौं। हामी त्यसो नगरौं। नेपालमा विवाह गरेर आउने महिलाको हकमा केहि क्राइटेरिया राख्नुपर्ने भन्ने पक्षमा छौं। नागरिकता विधेयक सर्वसम्मत विधेयक हो।’

प्रकाशित: Jun 05, 2023| 13:44 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्