मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रविको प्रश्‍न- प्रधानमन्त्री भैंसी चढेर आएको विषय रेकर्डबाट किन हटाउने?

रविको प्रश्‍न- प्रधानमन्त्री भैंसी चढेर आएको विषय रेकर्डबाट किन हटाउने?

 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट भैंसी चढेर बएको विषय संसद्को रेकर्डबाट हटाउन नहुने बताएका छन्।

Kumaribank

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको विषय संसद्को रेकर्डबाट हटाउन जरुरी छैन। प्रधानमन्त्री आफैंले पनि भैंसी चढेर आएको भन्ने अभिव्यक्ति दिइसकेकाले हाम्रो पार्टीका माननीयले बोल्नु भएको शब्द रेकर्डबाट किन हटाउनुपर्ने?’ उनले प्रश्न गरे।

रास्वपा सांसद शिशिर खनालले संसद् बैठकमा प्रधानमन्त्री भारत भ्रमणबाट फर्किंदा विमानमार्फत पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउनुपर्नेमा भैंसी चढेर आएको टिप्पणी गरेका थिए। खनालको सो अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले तत्कालै आपत्ति जनाउँदै खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे।
त्यसपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

‘हाम्रो पार्टीको माननीयको अभिव्यक्ति रेकर्डबाट हटाउने हो भने त्यसअघि नै प्रधानमन्त्री स्वयंले बोल्नुभएको सोही अभिव्यक्ति पनि हटाउन म सभामुखज्यूसँग माग गर्छु। यदि प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइँदैन भने हाम्रा माननीयको अभिव्यक्ति पनि रेकर्डबाट हटाइनु हुँदैन,’ रविले भने। सभामुखले प्रधानमन्त्रीको अभिव्यक्ति पनि रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रकाशित: Jun 05, 2023| 13:42 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्