मंगलबार, साउन ५, २०८३

शिशिर खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको प्रधानमन्त्री ‘भैंसी चढेर आएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। उनले प्रधानमन्त्रीलाई प्रश्न गर्ने सांसदहरूलाई सभ्य तरिकाले प्रश्न गर्न पनि सचेत गराएका छन्।

सभामुखले ‘भैंसी चढेर आएको’ शब्द जसले बोलेको भए पनि हटाइने स्पष्ट पारेका छन्। प्रधानमन्त्रीले बोलेको ‘मलाई भैंसी चढाएका थिए’ भनेर बोलेकोलाई पनि रेकर्डबाट हटाउन उनले रुलिङ गरे।

उनको अभिव्यक्तिप्रति माओवादी सांसदहरूको आपत्ति जनाएका थिए। तर, खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए।

प्रकाशित: Jun 05, 2023| 13:36 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्