मंगलबार, साउन ५, २०८३

रास्वपा सांसद खनालले 'प्रधानमन्त्री भैंसी चढेर आएको' भनेपछि...

 |  सोमबार, जेठ २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैंसी चढेर आएको' भनेर चर्चा भइरहेको बताएपछि माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गरेका छन्।

त्यसपछि सभामुखले माओवादीका हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले एमालेका सांसद सूर्य थापालाई बोल्न समय दिए।

थापाले सदनमा सत्तापक्षका सांसदले ‘दादागिरी’ देखाएको बताएपछि संसद्‍मा चर्काचर्की परेको थियो।

प्रकाशित: Jun 05, 2023| 13:24 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्