मंगलबार, साउन ५, २०८३

संसद् खुलाउन छलफलमा सभामुख

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

विपक्षी दलबाट अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन्। आज बिहान बसेको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नपाई विपक्षी दलबाट अवरुद्ध भएपछि सभामुख घिमिरेले सत्तापक्ष दलका प्रमुख सचेतकसँग अनौपचारिक छलफल थालेका हुन्।

आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी ३ दलले राष्ट्रपतिबाट निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्णपाठ नआउँदै कैदीलाई आम माफी दिएको विषयमा विरोध जनाएका थिए।  

प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले वैधानिक प्रक्रियाबाट नागरिकता विधेयक पास गर्ने कामअघि बढाउन माग गर्दै संसदमा प्रधानमन्त्रीको जवाफ माग समेत गरेका थिए। १ घण्टाका लागि बैठक स्थगित गरेका सभामुखले प्रधानमन्त्री प्रचण्डलाई संसद्मा उपस्थित गराउने विषयमा सत्तापक्षका प्रमुख सचेतकसँग अनौपचारिक छलफल गरेका हुन्।

प्रकाशित: Jun 04, 2023| 15:16 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्