सोमबार, वैशाख २८, २०८३

राष्ट्रिय हितको रक्षापछि मात्र सदन सुचारु हुन सक्छ: ओली

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- प्रमुख विपक्षी दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्र संसद्को गतिरोध अन्त्य हुने बताएका छन्।

National life

नागरिकता प्रमाणीकरण तथा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका विषयमा सदन अवरुद्धपछि संसद् भवन बाहिर ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुनेछ।’

प्रतिपक्षी दलको विरोधका कारण संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध भएको छ।

प्रकाशित: Jun 04, 2023| 14:49 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्