बिहीबार, वैशाख १३, २०८१

उद्यम

लकडाउनले जन्माएको 'मुनाज पिकल'

कोरोनाले सबै घरमा थुनिएका बेला घरकै काममा व्यस्त रहेकी मुनालाई भने अचारको व्यवसाय गर्ने सोच जाग्यो।
 |  आइतबार, जेठ २१, २०८०

सञ्जिता खनाल

सञ्जिता खनाल

आइतबार, जेठ २१, २०८०

काठमाडौं- स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै दैनिक सयौं युवा विदेशिइरहेका छन्। तर नेपालमै गरे के हुँदैन भन्ने पनि थुप्रै छन्। यस्तैमध्येकी एक हुन् कीर्तिपुर पाँगाकी ३२ वर्षिया मुना मर्हजन। मुनाले आफैं मुनाज पिकल नामको अचार व्यवसाय सुरु गरेकी छिन्।

triton college

उनले यो व्यवसाय सुरु गरेको ३ वर्ष भयो। २०७७ साल चैतबाट उनले मुनाज पिकल सुरु गरेकी हुन्। उनले आफ्नै घरको दुई कोठाबाट व्यवसाय सुरु गरिन्।उनी आफ्नै हातले मरमसला तयार पार्छिन् र अचार बनाउँछिन्। बनाउने कामदार नभएका होइनन् तर उनको हातले बनाएको जस्तो कहाँ हुनु ! ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई ऊर्जा दिन्छ।

उनको अचारको माग अहिले कीर्तिपुर एरियामै बढी छ। काठमाडौं, ललितपुर, भक्तपुर, धरान र पोखरामा पनि माग हुन थालेको उनले सुनाइन्। पछिल्लो समय ‘मुनाज पिकल’ आफन्त र साथीभाइको माध्यमबाट हङकङ  र लन्डनमा समेत पुगेको छ। त्यहाँबाट पनि माग हुने गरेको उनले सुनाइन्। नेपाल बाहिरका नेपालीहरुलाई पनि अचार खुवाउन पाएकोमा उनी निकै खुसी छन्। काम सानो वा ठूलो जे भए पनि आफ्नै देशमा गर्न सके त्यसले जीवनभरलाई हुने उनको बुझाइ छ।

कोरोनाले जन्मिएको व्यवसाय
विश्व नै आक्रान्त बनाएको कोरोना भाइरसले नेपाललाई पनि नराम्रोसँग गलायो। कोरोनासँग बच्न सरकारले लकडाउन गर्यो, जसले गर्दा सबै घरभित्र नै थुनिन पुगे। सबै व्यापार व्यवसाय ठप्प थियो। सोही समयमा घरकै काममा व्यस्त रहेकी मुनालाई भने अचारको व्यवसाय गर्ने सोच जाग्यो। 'मसँग पनि अचार बनाउने सीप छ। यही सीपलाई व्यवसायको रुपमा लग्छु। म पनि आत्मनिर्भर बन्छु भन्ने सोच ममा आयो,' उनले सुनाइन्। उनले आठ-नौ वर्षअघि नै विभिन्न मार्टहरुमा जाँदा अचार बेच्न राखेको देखेको थिइन्। उनलाई पनि यस्तै बनाएर व्यवसायकै रुपमा सुरु गर्ने मन थियो। तर विभिन्न कारणले उनले सुरु गर्न नसकेको उनले बताइन्।  

‘मलाई अचार बनाउन खुबै मन लाग्ने। त्यतिकै किन बस्ने आफूमा भएको सीपलाई व्यवसाय बनाउँछु भन्ने लाग्यो,’ उनले थपिन्, ‘सानोमा घरमा हजुरबुबाले घरमा भोज विभिन्न जात्रामा एकदमै मिठो कर्कलोलगायत विभिन्न अचार बनाउनु हुन्थ्यो। हजुरबुबाले बनाउनुभएको अचार खाँदै हुर्किएकी मलाई सीप पनि हजुरबुबाले नै सिकाउनुभएको हो। मुनाका हजुरबुबाले जात्राको समयमा पछिपछि मुनालाई नै अचार बनाउन लगाउँन हुन्थ्यो।'

corrent noodles
Metro Mart

उनलाई अचारलाई व्यवसायकै रुपमा दर्ता गरेर लग्नुभन्दा अघि तीन महिना मासुका विभिन्न थरीका बफ, चिकेन, फिसका अचारसँगै अमला, कागती, आँप लगायतका अचार बनाइन्। उनले सुरुमा आफ्नो अचारको नाम ‘होममेड पिकल’ राखेकी थिइन्। 

उनले आफूले बनाएको अचारका बारेमा आफन्तहरुलाई जानकारी गराइन्। सामाजिक सञ्जालमा राखिन्। उनले सुरुमा आफूले बनाएको अचार आफन्तहरुलाई चखाइन् भने कसैलाई अचार कोसेली नि नै लगिदिइन्। उनले चखाएकाबाट सबैले अचार मिठो र हाइजेनिक रहेको भन्दै प्रशंसा पाइन्। सबै जनाले अचार एकदमै मिठो छ। तिमीले यसलाई व्यवसायको रुपमा लैजाउ भनेर हौसला पाएको उनले सुनाइन्।  

सुरुका बेला विभिन्न लप्सी, आँप, कागती, अमला, खोर्सानीको भन्दा बफ, चिकेन र फिसको अचार बढी माग बढेको उनले बताइन्। मुना अनुसार दैनिक पाँच देखि ६ हजारसम्म आम्दानी हुन थाल्यो। त्यसले मलाई अचार व्यसायकै रुपमा लैजाने थप उर्जा थपियो। सुरुमा ५ केजी अचारबाट अचार बनाउन सुरु गरेको थिए।

‘त्यो तीन महिनामा दैनिक ५ देखि ६ हजार रुपैयाँको अचार बिक्री हुन थाल्यो। आम्दानी पनि भयो, अब चाहिँ दर्ता गरेर नै लाग्छु भनेर दर्ता प्रक्रिया गएँ,’ उनले सुनाइन्। उनले दर्ता प्रक्रियामा जाँदा अचारको नाम होममेड मन परेन। उनलाई आफ्नै नामबाट व्यवसाय सुरु गर्न मन लाग्यो। नाम राखिन् ‘मुनाज पिकल’। उनले आफ्नो व्यवसाय किर्तिपुर नगरपालिका, प्यान, साना तथा घरेलु उद्योग र खाद्य विभागमा दर्ता गरेकी छन्।

सानैमा मातृत्वको काख गुमाएकी मुना हजुरबुबाको छत्रछायामा हुर्किइन्। हजुरबाले सिकाएकै अचारको सीपलाई व्यवसाय बनाइन्। उनले अचारको व्यावसायबाट ठूलो आम्दानी गर्छु भनेर सुरु नगरेको बताइन्। सुरुमा तालिम लिनुपर्छ भन्ने थाहा नै नभएको गुनासो गरिन्। उनले भनिन् ‘तालिम लिनुपर्छ भन्ने मलाई थाहा थिएन। त्यतिकै बिना तालिम आफूले घरमा बनाएको अचारकै आधारमा व्यवसाय सुरु गरें। जब तालिम पनि हुन्छ भन्ने सुनेँ। अनि तालिम लिन गएँ यो तालिम त अति आवश्यक हुने रहेछ।’ 

अचार वा अन्य कुनै पनि व्यवसाय सुरु गर्दा आफूमा भएको सिपसँगै तालिम पनि आवश्यक हुने उनको भनाइ छ। उनले भनिन् ‘काम सानो र ठूलो हुँदैन,  हामीले गर्न नसक्ने भन्ने केही छैन। सबैभन्दा ठूलो मन हो। यदि हामीले मन गरेर गर्यौं भने  हामी पनि आफैं आम्दानीको स्रोत बनाएर आत्मनिर्भर बन्न सकिन्छै।’ 

‘मुनाज  पिकल’मा प्रत्यक्ष रुपमा ४ जनाले रोगजारी पनि पाइरहेका छन्। यसबाट अप्रत्यक्ष रुपमा भने रोजगार हुने ६ जना रहेको उनले उनले बताइन्।व्यवसायलाई अझ बढाउने इच्छा उनको छ। ‘अब छिटै नै फ्याक्ट्रीबाट नै अचार व्यवसायलाई बढवा दिने सोच छ,’ उनले भनिन्।

मुनाको दैनिकी बिहान ४ बजेबाट सुरु हुन्छ। साढे १० बजेसम्म घरकै काममा व्यस्त हुन्छिन् मुना। दुई छोराछोरीलाई स्कुल पठाएर अन्य घरका काम सकेर मात्र अचारको कामको चाँजोपाँजो मिलाउन थाल्छिन्। ६ घण्टा अचारकै काममा व्यस्त हुन्छिन्। ४ बजे छोराछोरी स्कुलबाट आउँछन्। त्यसपछि भने घरायसी काममै व्यस्त हुन्छिन्।  उनका  छोराछोरी एउटा ७ र ५ बर्षका छन्।  

उनले परिवारको पनि राम्रो सहयोग पाएको बताइन्। अचार व्यवसाय सुरु गर्दा श्रीमान् विदेशमा थिए। अहिले नेपाल आएको एक वर्ष भयो। उनी छुट्टै काम गर्छन्। मुना बेलुका घरको काम सकेर रातिको समय अचारको  माग बढेको समयमा राति भए पनि अचार बनाएर मात्र सुत्ने उनले बताइन्। उनले यो व्यवसाय सानो छोरा साढे २ वर्षको हुँदा सुरु गरेकी थिइन्। 

उनले यो व्यवसाय १ लाखबाट सुरु गरेकी थिइन्। अहिलेसम्म ८ लाख लगानी गरिसकेकी छिन्। सातामा २० देखि ३० हजारको अचार बेच्ने गरेको उनले बताइन्। वर्षमा ९ सयदेखि १ हजार केजीसम्म अचार बिक्छ। उनले कर्मचारी तलब, विभिन्न अचारका सामग्री लगायतको लागत कटाएर पनि ३० प्रतिशत नाफा हुने बताइन्। कर्मचारीले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काम गर्छन्। उनी कर्मचारीलाई सरसफाइ, तरकारी काटकुट, प्याकिङ गर्न मात्र लगाउँछिन्। मसलाको मात्रादेखि विभिन्न कुरामा ध्यान दिनुपर्ने भएकाले आफैं खटिन्छिन्। उनले भनिन्, ‘जोखिम हुने काम म आफैं गर्छु। यो वर्षबाट कीर्तिपुर नगरपालिकाले मलाई ट्रेनरका लागि राखेको छ। साना तथा घरेलु उद्योगले अचार बनाउने मेसिन दिएको छ।'

प्रकाशित: Jun 04, 2023| 19:03 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्