मंगलबार, साउन ५, २०८३

राष्ट्रियसभामा पनि एमालेको अवरोध

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक २९ मिनेटका लागि स्थगित गरेका हुन्।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले सदन अवरोध गरेको हो।

एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित भइसकेको छ।

प्रकाशित: Jun 04, 2023| 13:19 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्