सोमबार, वैशाख २८, २०८३

राष्ट्रपति मन्त्रिपरिषद्‍को कारिन्दा होइन: लिङ्देन

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

काठमाडौं- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा पनि निष्पक्ष हुन नसक्ने टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिएकोमा आपत्ति जनाउँदै यस्तो बताएका हुन्।

National life

लिङ्देनले भने, ‘यसलाई चाँडोभन्दा चाँडो प्रक्रियामा ल्याऔं, संसद्‍बाटै अगाडि बढाउँ। यसमा कुनै ढिलाइ नगरियोस्। राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन। हामीले बारम्बार भनिरहेका छौं- राष्ट्रपति संस्था सैद्धान्तिक रुपमा अभिभावक हुन सक्दैन। हामीले जति पनि निष्पक्ष भने पनि दलको निर्देशन चल्छ। अहिले त्यही भयो।’

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एक-दुई घण्टा अगाडि किन प्रमाणीकरण गरियो भनेर उनले प्रश्न गरे। उनले भने, ‘कसको स्वार्थ र खुशीको लागि प्रमाणीकरण गरियो?’

 

प्रकाशित: Jun 04, 2023| 13:00 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्