काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। प्रतिपक्षी दलहरुको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो।
निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको बैठक एमाले, रास्वपा र राप्रपाले अवरुद्ध गरेका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सांसदहरुले आपत्ति जनाएका थिए। सांसदहरुको नाराबाजी नरोकिएपछि सभामुख देवराज घिमिरेले बैठक १ घण्टाका लागि स्थगित गरेका छन्।