मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सदनमा प्रतिपक्षीको अवरोध, सभामुखले भने- प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ, बसौं

सदनमा प्रतिपक्षीको अवरोध, सभामुखले भने- प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ, बसौं

 |  आइतबार, जेठ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

vianetvianet

नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन्। प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

Kumaribank

‘सरकारको बजेट वक्तव्यमा छलफल गर्ने मान्यतामा थियौं, तर सरकारले संविधान मिचेर अघि बढेपछि बाध्य भएर प्रसंग उठाउनु परेको छ। नेपालमा जन्मिएका नागरिकले वंशजको आधारमा नागरिकता पाउन सकेका छैनन्। शैक्षिक प्रमाणपत्र पाउन सकिराखेका छैनन्। संसदीय प्रक्रियामा रहेर नागरिकता विधेयक संसद्मा दर्ता होस्। रातदिन छलफल गरौँला। तर, त्यस्तो हुन सकेन,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसरी जान खोजिएको छ।’

निष्क्रिय विधेयक प्रमाणीकरण गर्दै जाने हो भने राजाका पालामा लालमोहर लाग्न नसकेका विधेयक पनि जारी हुन सक्ने आरोप लगाए। त्यस्तै उनले फूलबारी बन्दरगाहको पहुँचका लागि लिपुलेक–लिम्पियाधुराको भूभाग दिन सकिनेजस्तो कुरा आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने समेत बताए।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि संसदीय प्रक्रिया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरेको बताए।  

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण नसच्चिएसम्म संसद् चल्न नसक्ने बताए।

Metro Mart

सांसदहरु नाराबाजी गरिरहेका छन्।

 

प्रकाशित: Jun 04, 2023| 12:38 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्