मंगलबार, साउन ५, २०८३

संसद्‍मा एमाले- सरकारले नै संविधान मिच्यो

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

नेकपा एमालेले सरकारले संविधान मिचेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर संविधान मिचेको आरोप लगाए।

उनले भने, ‘सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो।’ सरकारले संविधानलाई पालना नगरेर उल्टो बाटोमा हिँडेको टिप्पणी गरे।

एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ मागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागेसम्म संसद् चल्न नदिने उनले बताए। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा कालापानी र लिम्पियाधुरालगायत क्षेत्रको बारेमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेको हो।

प्रकाशित: Jun 04, 2023| 12:30 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्