मंगलबार, साउन ५, २०८३

'माननीय सदस्यहरु, के भइरा'छ यो ?'

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। निर्धारित समयभन्दा झन्डै डेढ घण्टा ढिलो बैठक सुरु भएको हो।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु उठेका थिए। बैठक सुरु नहुने देखेपछि सभामुख घिमिरेले भने- माननीय सदस्यहरु, के भइरा'छ यो? त्यसपछि उनले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए।

गिरी बोलिसकेपछि एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका छन्। त्यसपछि सभामुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्ने समय दिएका छन्।

आजदेखि बजेटमाथि छलफल सुरु हुने कार्यसूची थियो।

प्रकाशित: Jun 04, 2023| 12:22 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्