मंगलबार, भदौ १०, २०८२

बजेट छलफल हुनुपर्ने संसद् बैठक सुरु हुन सकेन

 |  आइतबार, जेठ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

vianetvianet

राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद् बैठक स्थगन गर्न प्रस्ताव पेश गरेपछि सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन्। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रस्ताव पेश गरेपछि ११ बजे तय भएको बैठक १ घण्टासम्म सुरु हुन सकेको छैन।

Kumaribank

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएपछि सभामुख घिमिरे अहिले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफलमा जुटेको सभामुखको सचिवालयले जनाएको छ। आजको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ।

राप्रपाले राष्ट्रपति रामचन्द्र पौडेलले नीति र नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयका छलफल नगरी संसद् नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न माग गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले पनि संसद् अवरुद्ध गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्म पुग्ने बाटो नेपाललाई दिए कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पबारे पनि छलफल भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

 

Metro Mart

प्रकाशित: Jun 04, 2023| 12:07 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्