आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् चल्न नदिने एमालेको रणनीति, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान

संसद् चल्न नदिने एमालेको रणनीति, प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान

 |  आइतबार, जेठ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभामा आजबाट सरकारको वार्षिक बजेटमाथि छलफल हुने कार्यसूची छ। अर्थमन्त्री प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल हुन लागेको हो।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्ने भएको छ। निष्कृय भइसकेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेले संसद् चल्न नदिने रणनीति बनाएको हो। साथै एमालेले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको भूमि बंगलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि जवाफ माग्ने भएको छ। 

यी दुवै विषयमा हामी प्रधानमन्त्रीको जवाफ दिएर माफी नमागे सदन अघि बढ्न नसक्ने एमालेले बताएको छ।

बिहान ११ बजेका लागि डाकिएको बैठक १५ मिनेट बित्दा पनि सुरु भएको छैन।
 

प्रकाशित: Jun 04, 2023| 11:11 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्