आइतबार, जेठ ६, २०८१

भारतबाट फर्किएका प्रधानमन्त्री प्रचण्ड कहिले जान्छन् चीन? 

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- चीन भ्रमणको निम्तो बेवास्ता गर्दै चार दिने भारत भ्रमणमा गएका प्रचण्ड शनिबार साँझ काठमाडौं ओर्लिएका छन्। २०७९ असार अन्तिममा भारत प्रस्थान गर्नुअघि आफ्नो यसपछिको भ्रमण चीन हुने बताएका प्रचण्डले पुस १० मा प्रधामन्त्री भएपछि भने चीनले बोओओ फोरममा सहभागी हुन निम्तो पठाउँदा पनि बेवास्ता गरे। 

यसअघि सन् २०१६ र २०१७ मा प्रधानमन्त्रीको रुपमा बोआओ फोरममा सहभागी भएर चीनको प्रशंसा गरेका प्रधानमन्त्री प्रचण्ड भने यसपटक भने बोआओ फोरमको निम्तो बेवास्ता गरे र नेपालको प्रतिनिधिसमेत गयल गराए। पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमणको रुपमा चीन गएका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि अन्य मुलुकको मणको बाटो खुलेको विश्लेषणहरु भइरहेका छन्। 
प्रधानमन्त्री प्रचण्डले चीनको निम्तो बेवास्ता गरेकोप्रति नेपालस्थिति चिनियाँ राजदूत छन् सोङ्‌ले आपत्ति जनाएका थिए। चिनियाँ पक्षको आपत्तिपछि चीनलाई फकाउन माओवादी केन्द्रका उपाध्यक्ष अग्‍नि सापकोटासहित २० सदस्यीय टोलीलाई उत्तरी छिमेको भ्रमणमा पठाएका थिए। प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणअघि चीन पठाएको टोलीसँगै आफू साउन मध्येमा चीन भ्रमण गर्न चाहेको सन्देशसमेत पठाएका थिए। 
चीन भ्रमणबाट फर्किएका माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री प्रचण्डले साउन मध्यतिर उत्तरी छिमेकी चीनको भ्रमण गर्ने जानकारी दिएका हुन्। चीनबाट फर्किएका सापकोटाले पत्रकार सम्मेलनका क्रममा भने, 'पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको सल्लाहमा नै चीन भ्रमणमा गएका थियौं। मैले चिनियाँ पक्षलाई के सन्देश छ भनेर सोधेको थिएँ। उहाँले जुलाई अन्त्य वा अगस्टको पहिलो साता चीनको भ्रमणको सम्भावना छ भनेर सुनाउनु भएको थियो। चिनियाँ प्रतिनिधि मण्डलसँग कुरा गर्दा यो कुरा हामी राष्ट्रपतिसमेत रहनु भएका महासचिव सीलाई भन्छौं भनेर भन्नु भएको छ। त्यसलाई सकारात्मक रुपमा लिएको हामीले बुझेका छौं।'
२०१७ मा प्रधामन्त्री प्रचण्डकै पालामा चीनसँग सम्झौता भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) बारे पनि चिनयाँहरुले चासो राखेको उनले जानकारी गराएका छन्। यसबारे उनले भने, 'प्रधानमन्त्रीज्यूले बीआरआईमार्फत् सस्तो व्याजदरको ऋण भन्दा पनि चीनले केही अनुदान दिएमा आर्थिक विकास गर्न सजिलो हुने अपेक्षा रहेको भन्‍नुभएको थियो। त्यही कुरा हामीले त्यहाँ राखेका छौं।' 
सापकोटाका अनुसार चीनले नेपाललाई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि बताए। पूर्वसभामुखसमेत रहेका सापकोटाले भने, 'शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नु भएको थियो। शान्ति प्रक्रियालाई सहयोग गर्नुपर्छ भन्दा चिनियाँ पक्षले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जानकारी गराउनु भएको छ।'

प्रकाशित: Jun 03, 2023| 20:31 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्