सोमबार, वैशाख २८, २०८३

मलाई सरापेर कांग्रेस बलियो बन्दैन : सभापति देउवा

शुक्रबार महामन्त्री थापाले पार्टी सभापतिकै कारण कांग्रेसमा समस्या बढेको कटाक्ष गरेपछि देउवाले त्यसको प्रतिरोध गरेका हुन्।
 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले कसैको विरोध गर्दैमा पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा सहभागी देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो फराकिलो नहुने बताएका हुन्।

National life

शुक्रबार महामन्त्री गगन थापाले पार्टी सभापतिकै कारण कांग्रेसमा समस्या बढेको कटाक्ष गरे पनि देउवाले गगनको प्रतिरोध गरेका हुन्।

नेता थापा काठमाडौंमा आयोजित प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन उद्घाटनका क्रममा सभापति देउवाप्रति खनिएका थिए।

सभापति देउवाले पार्टीका लागि काम गरेर बलियो बनाउन कसैले  नरोकेको स्पष्ट पारे। उनले पार्टी बलियो जनसम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।

देउवाले भने, ‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस्। पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउने भनेको जनसम्पर्क नै हो। जनतामा जानुपर्छ। मलाई गाली गरेर हुन्छ?’

देउवाले कांग्रेसलाई अहिले ठूलो बनाउनमा आफ्नो हात रहेको दाबी गरे। उनले भने, ‘अहिले पार्टीलाई मजबुत बनाउने हो। मैले पार्टी ठूलो बनाइहालें। अब मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन। एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ।’

प्रकाशित: Jun 03, 2023| 15:29 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्