मंगलबार, भदौ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणः खाणद्वारा संलग्‍नता अस्वीकार, टेकनाथले पोले टोपबहादुर 

नक्कली शरणार्थी प्रकरणः खाणद्वारा संलग्‍नता अस्वीकार, टेकनाथले पोले टोपबहादुर 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाएको आरोपमा पक्राउ परेका खाणले रकम नलिएको, डामिएका कसैलाई नछिनेको बयान अदालतमा दिएका हुन्।
 |  शनिबार, जेठ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

vianetvianet

काठमाडौं– नक्कली भुटानी शरणार्थी धन्धा चलाएर करोडौं कुम्ल्याएको आशंकामा पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रकरणमा आफ्नो संलग्नता नभएको बयान अदालतमा दिएका छन्।

Kumaribank

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाई करोडौं असुलेको आरोपमा पक्राउ परेका खाणसँग जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुनुअघि लिइएको बयानमा संलग्नता अस्वीकारेका हुन्। खाणलाई इजलासका न्यायाधीशले २४ प्रश्न सोधेका थिए।

खाणलाई तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली शरणार्थी प्रकरणको धन्धामा सघाएको र करोडौं रकमको बिटो दिएको बयान अदालतमा दिइसकेका छन्। तर खाणले तत्कालीन गृहसचिव पाण्डे झुटो बोलेको दाबी गरेका छन्।

खाणले नक्कली शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग पनि नभेटेको, पाण्डेले दिएको भनिएको रकम पनि नलिएको र कसैसँग कुराकानी नभएको दाबी अदालतसमक्ष गरेका छन्। उनले कांग्रेस नेता आङटावा शेर्पालाई यो धन्धामा नलगाएको र बयान फेर्न नभनेको बताएका छन्।

आजबाट नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सकिएको छ। यसअघि अरू १५ जनाको बयान लिइएका थियो। जिल्ला अदालत काठमाडौंमा शुक्रबार पूर्वगृहमन्त्री  खाणसहित तीन अभियुक्तको बयान गराइएपछि हिरासतमा रहेका सबैको बयान सकिएको हो।

Metro Mart

बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ। सरकारी वकिलको कार्यालयले प्रतिवादीको बयान अध्ययनका लागि अदालतसँग केही दिन समय मागेको छ।

टेकनाथले पोले टोपबहादुर
नक्कली शरणार्थी प्रकरणमा संलग्नता खुलेपछि प्रहरी पक्राउमा परेका भुटार्नी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारी र केशव दुलालसँगै एमाले सचिव टोपबहादुर रायमाझी यो धन्धामा सरिक भएको दाबी गरेका छन्।

उनले अदालतमा सानु र केशव नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने भनेर आफूकहाँ आएको बयान दिएका हुन्। आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझीकहाँ लगेको बयान उनले दिएका छन्।

उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं।’ सानु र केशवलाई प्रचण्डसँग चिनजान गराउनै उनै रायमाझी हुन्।

प्रकाशित: Jun 03, 2023| 14:37 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्