मंगलबार, भदौ १०, २०८२

बेलुकी ६ बजे काठमाडौं ओर्लिंदै प्रधानमन्त्री प्रचण्ड

प्रचण्ड बेलुकी ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।  
 |  शनिबार, जेठ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेलुकी ६ बजे काठमाडौं ओर्लिने भएका छन्। भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः३० बजे दिल्लीबाट काठमाडौंका लागि उड्न लागेका हुन्। 

Kumaribank

प्रचण्ड बेलुकी ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।  

प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए। इन्दौरमा विशेष आर्थिक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण सकेर उनी आजै दिल्ली फर्कनेछन्।

दिल्लीबाट साढे ४ बजे नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्कनेछन्। १७ जेठमा भारत गएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा राष्ट्रपति  द्रौपदी मुर्मु, समकक्षी नरेन्द्र मोदी, उद्योगी व्यवसायीलगायत भेटवार्ता गरेका थिए। 

प्रकाशित: Jun 03, 2023| 14:02 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्