मंगलबार, भदौ १०, २०८२

प्रचण्डले गेरुवस्त्र धारण गरेपछि रिसाए बाबुराम

दिल्ली दौडाहाका बेला प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वरको मन्दिरमा १०८ किलो रुद्राक्ष चढाएर ‘विशेष पूजा’ गरेपछि जनयुद्धका सहकर्मी बाबुरामको कटाक्ष।
 |  शनिबार, जेठ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

vianetvianet

काठमाडौं– हिन्दु धर्मलाई सामन्तवादको प्रतीक ठहर गर्दै कथित जनयुद्धका बेला (२०५२–६३) मठमन्दिर, शिवलिंग तोडफोड, देवीदेवताका मूर्तिमाथि अपशब्द बोलेर क्रान्तिकारी भाषण ठोक्ने माओवादी नेताहरु पछिल्लो समय धर्मप्रति लगाव र श्रद्धा व्यक्त गर्न थालेका छन्।

Kumaribank

प्रधानमन्त्री पुष्पकमल दाहाल पूजापाठ र धर्मकर्ममा अरु माओवादी नेताहरु भन्दा अग्रभागमा छन्। दिल्ली दौडाहाका बेला प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वरको मन्दिरमा १०८ किलो रुद्राक्ष चढाएर ‘विशेष पूजा’ गरेपछि जनयुद्धका सहकर्मी रिसाएर चूर भएका छन्।

प्रचण्डलाई महाकालेश्वरका पुजारीसामु धर्मभीरुको स्वरुपमा देखिएपछि सनातनी हिन्दु खुसी छन् भने क्रान्तिकारी लेपन लगाएका माओहरु बेखुस देखिन्छन्। 

उज्जैनमा पूजा गरेको गेरुवस्त्र तस्बिर सामाजिक सन्जालमा भाइरल भएपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रचण्डप्रति कटाक्ष गरेका छन्। भट्टराई प्रचण्डसँग जनयुद्धका बेला सँगै लडेका थिए। 

भट्टराईले गेरुवस्त्र तस्बिर सामाजिक सन्जालमा राख्दै प्रचण्डलाई प्रश्न गरेका छन््, ‘हामी कता जाँदै छौं, देश कता जाँदै छ?’ 

Metro Mart

भट्टराईले प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको तस्बिर पनि राखेका छन्।

प्रधानमन्त्रीसहित भारत भ्रमणमा रहेका पाँचै मन्त्रीले शुक्रबार भारतको मध्य प्रदेशस्थित उज्जैनमा रहेको महाकाल मन्दिरको दर्शन गरेका थिए। 

जनयुद्धका बेला धर्मको विरोध गर्दै आएका माओवादी अध्यक्ष प्रचण्डले मन्दिरमा पूजा गर्नुका साथै नेपालबाट लगिएको १०८ किलो रुद्राक्ष र ५१ हजार भारु चढाएका थिए।

प्रकाशित: Jun 03, 2023| 13:30 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्