बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तर्राष्ट्रिय युवा दिवसको नारा 'खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन'

अन्तर्राष्ट्रिय युवा दिवसको नारा 'खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन'

आज बिहीबार नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

आज बिहीबार नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ। ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन लागेको हो।

युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिने कार्यक्रम छ। देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि कार्यक्रम गरी दिवस मनाइरहेका छन्।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले कोरोना भाइरसका कारण यसपटक पनि भर्चुअलरूपमा दिवस मनाउन थालिएको बताए। परिषद्ले दिवसका अवसरमा गत सातादेखि नै युवासम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ। 

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन्। 

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो। सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो। सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०।३ प्रतिशत युवा रहेका छन्। 


प्रकाशित: Aug 12, 2021| 09:31 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।