बुधबार, साउन ६, २०८३

नक्कली शरणार्थी प्रकरणः खाणसहितका तीन जनामाथि सोधपुछ

अदालतमा बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता रिजाल तथा हरिभक्तलाई न्यायाधीशले नक्कली शरणार्थी धन्धाबारे सोधपुछ गरिरहेका हुन्।
 |  शुक्रबार, जेठ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान जिल्ला अदातल काठमाडौंमा जारी छ।

बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरु भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। 

उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटी अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ। 

आरोपितमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताए। उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा मुछिएकाको बयान १२ जेठदेखि सुरु गरिएकामा आज तीन जनामाथि सोधपुछ भइरहेको हो।’ 

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये १८ पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: Jun 02, 2023| 14:29 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्