शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • 'रेशमको आममाफी र नागरिकता विधेयकमामा देउवाको सहमति छ, कांग्रेसको छैन'

'रेशमको आममाफी र नागरिकता विधेयकमामा देउवाको सहमति छ, कांग्रेसको छैन'

 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरणमा पार्टी सभापति शेरबहादुर देउवाको व्यक्गित सहमतिमात्र भएको दाबी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी दुई निर्णय कांग्रेसको नभएको बताए ।

triton college

उनले भने, ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो। यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ।’

यो परिपाटी अहिलेसम्म सहँदै आए पनि अब नसहने महामन्त्री थापाले बताए। पार्टीलाई हित नगरेको निर्णय पार्टीका सबैले बोक्न नसक्ने उनको भनाइ छ।

महामन्त्री थापाले पार्टी सभापति देउवाका कारण पार्टीको बैठक बस्न नसकेको पनि बताए। महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसको बैठक राख्न दबाब छ। तर, मैले बोलाउने होइन। अहिले केही दिन अघिमात्रै एउटा विभाग गठन भएको छ। विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ। अस्ति उहाँलाई मन लागेको थियो, गर्दिनुभयो। अहिले उहाँलाई मन लागेको छैन, गर्नुभएको छैन। कलम भित्र राख्नुभएको छ, निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ। तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौं।’

उनले अहिले कांग्रेसले विश्वास गुमाएको टिप्पणी गरे। थापाले भने, ‘भोट पाएको तर विश्वास गुमाएको छ। भोट नपाएको भए त चुनाव कसरी जित्ने? हामी अहिले ठूलो पार्टी छौं, अस्तिमात्रै चुनाव जितेको। हामीले भोट पाएको अवस्था भएपछि त्यसको चिन्ता नगरौं। अब विश्वासलाई पुनःस्थापित गर्यौं भने भोट आफैं आउँदो रहेछ। त्यसैले अब विश्वासको वातावरण बनाउने अहिलेको एकमात्रै सूत्र भनेको कांग्रेसलाई बदल्ने हो।’

National life insurance

अहिलेको कांग्रेस पार्टी र नेतालाई जस्ताको तस्तै राखेर पार्टी नबन्ने थापाको भनाइ थियो। उनले भने, ‘सबै नेताहरुले आफैंलाई बदल्नुपर्छ। म कांग्रेस बदल्ने संकल्पसहित हिँडेको छु। पहिला मैले आफूलाई सुधार्नुपर्छ।’

प्रकाशित: Jun 02, 2023| 14:10 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्