मंगलबार, भदौ १०, २०८२

भारत भ्रमण ऊर्जा व्यापारमा ब्रेक थ्रु : प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्लीस्थित होटल आइटिसी मौर्यमा नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले ऊर्जा व्यापार क्षेत्रमा भारतसँग ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन्।
 |  शुक्रबार, जेठ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १९, २०८०

vianetvianet

काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमण ऐतिहासिक र उपलब्धिमूलक भएको दाबी गरेका छन्।

Kumaribank

नयाँ दिल्लीस्थित होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए। प्रचण्डलगायतको नेपाली प्रतिनिधिमण्डल आइटिसी मौर्य होटलमा बसेको छ।

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिए। ‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ‘नेपालको विद्युत् बंगलादेशसम्म निर्यात गर्न महत्त्वपूर्ण सहमति भयो।’

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री प्रचण्डले जनाए। ‘यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्त्वपूर्ण रह्यो। प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो,’ उनले भने।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलो पटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौं भनेर आफूले प्रस्ताव गरेको उनले जानकारी दिए।

Metro Mart

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरवलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा १७ जेठदेखि भारतको औपचारिक भ्रमणमा छन्। प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ। 

प्रकाशित: Jun 02, 2023| 10:49 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्