शनिबार, मंसिर २३, २०८०

भारत भ्रमणमा प्रचण्ड पुत्रीको गैर-कूटनीतिक उपस्थिति!

तस्बिरमा देखिएकाहरुमध्ये सरकारको मर्यादाक्रममा सबैभन्दा तल रहेकी दाहाल नै विशिष्ट पाहुनाजस्तो गरी बीचमा देखिनुले नेपालको कूटनीतिक मर्यादामाथि नै प्रश्‍न उठाएको छ।
 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा स्वकीय सचिव रहेकी गंगा दाहालको गैर-कूटनीतिक उपस्थिति देखिएको छ।  यस विषयमा परराष्ट्र मन्त्री र मन्त्रालयका अधिकारी भने निरिह देखिएका छन्।
भारतका उपराष्ट्रपति जगदीप धनखडसँग प्रधानमन्त्री प्रचण्डले बिहीबार शिष्टाचार भेट गरे। उक्त भेटका क्रममा लिइएको तस्बिरमा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति धनखडको बीचमा गंगा दाहाल उभिएको देखिएकी छन्।

sagarmatha cement

प्रधानमन्त्रीकी स्वकीय सचिवको हैसियतमा गएकी दाहाल विशिष्ट पाहुनाजस्तै गरी बीचमा उभिँदा परराष्ट्रमन्त्री एनपी साउद, वाणिज्यमन्त्री रमेश रिजाल र परराष्ट्र सचिव भरतराज पौड्याल उपराष्ट्रपतिको दायाँतिर छन् भने प्रधानमन्त्री प्रचण्ड, राजदूत शंकर शर्मासहित दुई जना उपराष्ट्रपतिसँगै उभिएकी गंगा दाहालको बायाँतर्फ छन्। 

तस्बिरमा देखिएकाहरुमध्ये सरकारको मर्यादाक्रममा सबैभन्दा तल रहेकी दाहाल नै विशिष्ट पाहुनाजस्तो गरी बीचमा देखिनुले नेपालको कूटनीतिक मर्यादामाथि नै प्रश्‍न उठाएको छ। त्यसैगरी भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटका क्रममा पनि गंगा दाहाल देखिएकी छन्। 

भारत पुगेलगत्तै बुधबार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल  र विदेशसचिव विनयमोहन क्‍वात्रासँग औपचारिक भेटावर्ता सुरु गरे। उक्त भेटमा पनि गंगा दाहालको उपस्थिति अस्वभाविक नै थियो। 

Prachanda-kwatra-11685541604.jpg

Metro Mart
worldlink


प्रधानमन्त्री प्रचण्डसँग पहिलो र औपचारिक भेटवार्ता भएकाले मोदीका सुरक्षा सल्लाहकार डोभलले विदेश मन्त्रालयका अधिकारीलाई साथमै लगेका थिए। विदेश मन्त्रालयका अधिकारी त्यस्तो छलफलमा सहभागी हुने कूटनीतिक संवादका क्रममा हुने सामान्य विषय हो। भारतीय पक्षले त्यसरी भेटवार्ता गर्दा नेपालका प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालयका अधिकारी भने उपस्थित थिएनन्। 

तर, प्रचण्डले छोरी गंगा दाहाललाई भने साथमै राखेका छन्। परराष्ट्र मन्त्रालयका अधिकारी बस्नुपर्ने कुर्सीमा छोरी गंगा दाहाल बसेको तस्बिर सार्वजनिक भएसँगै नेपालको कूटनीतिक अभ्यास थप ओरालो लागेको विश्लेषण भइरहेको छ। 

प्रधानमन्त्री प्रचण्डले नै केही महिनाअघि कूटनीतिक भेटघाटमा परराष्ट्र मन्त्रालयका अधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने निर्णय गरेका थिए। तर, आफ्नो भारत भ्रमणका भने सामान्य कूटनीतिक अभ्यास पनि देखाएनन्। 

प्रधानमन्त्री प्रचण्डसँग ६ जना मन्त्रीको लस्कर थियो। परराष्ट्रमन्त्रीको समेत उपस्थिति भएको भ्रमण दलमा परराष्ट्र सचिव भरतराज पौड्याल पनि छन्। यस भ्रमण दलमा सचिव मात्रै यो भ्रमण दलमा ८ जना छन्। तर, हरेक भेटमा भने प्रचण्डले छोरी गंगालाई स्पेस दिएर मन्त्री र सचिवहरुलाई किनाराकृत गर्न खोजेको देखिन्छ। 

त्यसमा पनि विदेशमा पुगेर द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री, सचिव र पोर्टोकललाई बेवास्ता गर्नु थप गम्भीर विषय हो। 
भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा गरेको स्वागतमा प्रचण्डसँग छोरी गंगा दाहाल हाबी थिइन्। जस्तो, स्वागतलगत्तै प्रचण्डलाई नृत्य देखाएर गरेको सम्मान पनि लेखीसँगको तस्बिरमा पनि गंगा दाहाल नै देखिएकी छन्। यस्तो भेटघाटमा गंगाको हाबीले कूटनीतिक अभ्यासमा प्रश्‍न उठ्दा पनि परराष्ट्रका अधिकारीहरु भने निरिह बनेका छन्। 

prachanda54671685632531.jpg

prachanda7681685632531.jpg

prachanda6871685632531.jpg

प्रकाशित: Jun 01, 2023| 20:41 बिहीबार, जेठ १८, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्