बुधबार, साउन ६, २०८३

यी तीन कुरा नबिर्सिन मुम्बईबाट नेता-कार्यकर्तालाई रविको आग्रह 

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- व्यक्तिगत कारण भन्दै बुधबार भारतको मुम्बई प्रस्थान गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताकोबाहेक कसैको आवाज नसुन्‍न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफूहरुलाई जनताले ठूलो भरोसा गरेर संसद्‌मा पठाएको भन्दै मुलुकको हितबाहेक कसैको हितलाई ध्यान दिनु नपर्ने बताएका हुन्।
उनले भनेका छन्, ‘प्रिय रास्वपा परिवारका साथीहरू, म पूर्वनिर्धारित, पुर्णतः गैर राजनीतिक र नितान्त निजी कामले मुम्बईमा छु। नेपाली जनताले ठूलो आशा भरोसा बोकेर हामीलाई संसदमा पठाएका हुन्। यो हाम्रो जागिर होइन, विद्रोह हो। हामीले जनताको बाहेक कसैको आवज सुन्नु पर्दैन। मुलुकको हितबाहेक हामीले कसैको हितलाई ध्यान दिनु पर्दैन।’
उनले पार्टीका नेता कार्यकर्तालाई ‘हामी किन राजनीतिमा आयौँ, हामीलाई नेपाली जनताले किन भोट दिए र  ०८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन्’ भन्ने तीन कुरा नबिर्सन आग्रह गरेका छन्।

 

प्रकाशित: Jun 01, 2023| 20:13 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्