सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजीका लागि संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ।

National life

बिहीबार पार्टी संसदीय दलको बैठकले 'संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम' ब्युँताउने सरकारको निर्णयविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो। रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको हो। 

रास्वपाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाको भनाइ छ। अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा बजेट भाषण गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको बताएका थिए। रास्वपाद्वारा जारी विज्ञप्तिमा संकल्प प्रस्ताव दर्ता गराउनुको छ वटा कारण र औचित्य उल्लेख गरेको छ।

rsp1685624555.jpg

rsp67671685624770.jpg

प्रकाशित: Jun 01, 2023| 18:46 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्