काठमाडौं– नेकपा एमालेले शुक्रबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ। शुक्रबार बिहान ११ः३० बजे बैठक बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले बताएका हुन्।
उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो।
बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। एमालेको यसअघि गत २८ देखि ३० वैशाखसम्म केन्द्रीय बैठक सम्पन्न भएको थियो।