सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड–नरेन्द्र मोदी वार्ता सुरु

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड–नरेन्द्र मोदी वार्ता सुरु

प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको छ। दुई नेताबीच द्विपक्षीय भेटवार्ता भइरहेको हो। 

National life

दुई नेताबीचको भेटलगत्तै पुनः प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची राखिएको छ। ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ। 

आजै केही आयोजनाको उद्घाटन र शिलान्यास कार्यक्रम राखिएकामा आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय छलफल र भेटवार्तापछि हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छन्।

प्रचण्डको सम्मानमा आजै  प्रधानमन्त्री मोदीले दिवाभोज आयोजना गरेका छन्। भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री पुष्पकमलले आज बिहान साढे १० बजे महात्मा गान्धीकोे समाधिस्थल राजघाट पुगेर पुष्पगुच्छा चढाएका थिए।

प्रकाशित: Jun 01, 2023| 11:57 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्