बिहीबार, असोज ११, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धी समाधिस्थलमा चढाए पुष्पगुच्छा

प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धी समाधिस्थलमा चढाए पुष्पगुच्छा

प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। 
 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन्। प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

sagarmatha cement

उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरे। प्रधानमन्त्री प्रचण्डले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे। 

प्रधानमन्त्री प्रचण्डका साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरणमहत, उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए।

राजघाटको कार्यक्रम समापनपछि प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र दामोदरदास मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने कार्यतालिका छ।

प्रकाशित: Jun 01, 2023| 11:30 बिहीबार, जेठ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्