शुक्रबार, वैशाख २६, २०८२

रास्वपा सभापति रवि लामिछाने पनि भारत प्रस्थान 

 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बई प्रस्थान गरेका हुन्। 

triton college

रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्‍नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन्। ढकालले भने, 'सभापतिज्यू पत्‍नी निकिता पौडेललाई साथमा लिएर व्यक्तिगत कामको सिलसिलामा भारतको मुम्बई जानु भएको हो।' 

पूर्वगृहमन्त्रीसमेत रहेका रविले आफू भारत जाने भएपछि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन्। 

यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए। उनले रविलाई भारत भ्रमणको निम्तो दिएको पनि रास्वपाका एक नेताले बताएका थिए। 

तर, रास्वपाले भने रविको भारत भ्रमणबारे पार्टीमा कुनै औपचारिक निर्णय भने गरेको छैन। यस भ्रमणका क्रममा पनि कुनै राजनीतिक अथवा धार्मिक भेट हुने भन्‍ने विषय भने खुल्‍न सकेको छैन। 

National life insurance

रवि यसअघि गत पुस ११ गते प्रचण्ड नेतृत्वकै सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, नागरिकता विवादमा उनले माघ १३ गते सबै पद गुमाएका थिए। 

त्यसपछि रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको ४२ दिनपछि माघ २२ मा बाहिरिएको थियो। 
तर, वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट विजयी भएपछि रवि फेरि प्रचण्डसँग संवादमा थिए। त्यसयता प्रचण्डसँग पटक पटक गोप्य संवाद गरेका रविले आफूलाई मन्त्री बनाउने सुनिश्‍चितता नपाएपछि सरकारबाट बाहिरिएका थिए। 

प्रकाशित: May 31, 2023| 20:02 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्