बुधबार, मंसिर २०, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • मोदी भेट्नुअघि प्रधानमन्त्री प्रचण्डसँग लियो भारतीय ब्युरोक्रेसीले ब्रिफिङ

मोदी भेट्नुअघि प्रधानमन्त्री प्रचण्डसँग लियो भारतीय ब्युरोक्रेसीले ब्रिफिङ

 |  बुधबार, जेठ १७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं- भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय व्युरोक्रेुसीले ब्रिफिङ लिएको छ। प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीलाई भेट्नु एकदिन अघि भारतीय व्युरोक्रेसीले ब्रिफिङ लिएको हो। 

sagarmatha cement

तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका रुपमा भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्। 

भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित मौर्य होटलमा बसेका छन्। सोही होटलमा प्रधानमन्त्री प्रचण्डसँग भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्दै एजेण्डाबारे ब्रिफिङ लिएका हुन्। 

प्रचण्डको भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन्। प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका रहेको छ।

प्रकाशित: May 31, 2023| 20:25 बुधबार, जेठ १७, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसले नारायणहिटीको साँचो बुझेका थिए

जसले नारायणहिटीको साँचो बुझेका थिए

त्यतिबेला राजाको ठाउँमा प्रधानमन्त्रीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउने काम अति संवेदनशील थियो। सुरक्षा जिम्मा पाएको काठमाडौं प्रहरी नेतृत्वको कुशलता र दूरदर्शिताविना यो काम सम्भव थिएन।