शनिबार, मंसिर २३, २०८०

नागरिकता विधेयक राष्ट्र हितविरूद्ध: रवि

 |  बुधबार, जेठ १७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्र हितविरूद्ध रहेको बताएका छन्। फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नयाँ संसद्मा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरेका छन्।

sagarmatha cement

‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले भनेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। जेठ १२ गते मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो। विधेयक प्रमाणीकरण गरेपछि यसको समर्थन र विरोध भइरहेका छन्।

संसदबाट यसअघि दुई पटकसम्म नागरिकता विधेयक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन्।

प्रकाशित: May 31, 2023| 13:53 बुधबार, जेठ १७, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्