बुधबार, भदौ ११, २०८२

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

गत वर्षको १५ साउन र २० भदौ २०७९ मा संसद्का दुवै सदनले पारित गराएर शीतलनिवास पठाइएको नागरिकता संशोधन विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकारेकी थिइन्।
 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम नागरिकता विधेयक प्रमाणीकरण गरेको शीतलनिवासले जनाएको छ।

Kumaribank

हालसम्म विधेयक प्रमाणीकरण नहुँदा ऐन नबनेको अवस्थामा १२ जेठको मन्त्रिपरिषद् बैठकको सिफारिअनुसार राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरिएको शीतलनिवासले बताएको छ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसद्को दुवै सदनबाट गत १५ साउन २०७९ मा पारित भएको थियो ।

प्रतिनिधिसभाका तत्कालीन सभामुखबाट १५ साउनमा प्रमाणित गरी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेस भएको थियो।

केही विषयमा ध्यानाकर्षणसहित पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयमा संघीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २० भदौमा राष्ट्रपतिसमक्ष पठाइएको थियो। 

Metro Mart

राष्ट्रपतिसमक्ष दोस्रोपल्ट पठाइएको विधेयक शीतलनिवासले रोकिराखेको थियो। सोही विधेयक आज राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन्।

प्रकाशित: May 31, 2023| 12:57 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्