काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। जसपाले प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रहेकी निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो।
जसपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको नेता रकम चेमजोङले बताए।
जसपा पहिचान पक्षधर पार्टी भएकाले कोसी नामकरणमा असहमति जनाएर प्रदेश सरकारबाट बाहिरिएको उनको भनाइ छ।