सोमबार, वैशाख २८, २०८३

राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण हुँदै

राष्ट्रपति पौडेलले आजै नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेको शीतलनिवास स्रोतले जानकारी दिएको हो।
 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं– राजनीतिक किचलोका कारण अघिल्लो संसद्ले दुई पटकसम्म पारित गरेर राष्ट्रपति कार्यालय शीतलनिवासमै रोकिएको नागरिकता विधेयक अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण हुने भएको छ।

National life

राष्ट्रपति पौडेलले आजै नागरिकता विधेयक प्रमाणीकरण गर्ने तयारी गरेको शीतलनिवास स्रोतले जानकारी दिएको हो।

नेपाल नागरिक ऐन संशोधन विधेयक यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाका बेला शीतलनिवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिएनन्। 

गत १२ जेठमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।

राष्ट्रपति पौडेलले शीतलनिवासमा अड्किराखेको नागरिकता विधेयकबारे यसअघि कानुन व्यवसायीसँग परामर्श गरेका थिए।

मन्त्रिपरिषद्ले निर्णय गरेर आएको विषयमा संविधानबमोजिम चल्नुपर्ने भएकाले राष्ट्रपतिबाट नागरिक विधेयक प्रमाणीकरण हुने उनका कानुनी सल्लाहकार बाबुराम कुँवरले पुष्टि गरे।

प्रकाशित: May 31, 2023| 11:30 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्