सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजधानीमा कांग्रेस रुपान्तरण अभियान पक्षधरको भेला, पार्टी नेताहरू बोलाइएनन्

राजधानीमा कांग्रेस रुपान्तरण अभियान पक्षधरको भेला, पार्टी नेताहरू बोलाइएनन्

 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं– कांग्रेसभित्र भ्रष्टाचार र सत्ता–मोह बढेको दाबी गर्दै पार्टीलाई रुपान्तरण गर्ने बताएर तेस्रो पुस्ताका नेताहरुले गठन गरेको कांग्रेस रुपान्तरण अभियान पक्षधर राजधानी काठमाडौंमा भेला भएका छन्। गत १७ वैशाखमा मधेस प्रदेश मुकाम जनकपुरबाट सुरु भएको कांग्रेस रुपान्तरण अभियानको भेला आज काठमाडौंमा बसेको हो।

National life

कांग्रेसका तेस्रो पुस्ताका नेताहरूले जनकपुरबाट पार्टीलाई रुपान्तर गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। आज कांग्रेसको रुपान्तरण अभियानले काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गरेको हो।

भेलामा केन्द्रीय सदस्य मधु आचार्य, अजयबाबु शिवाकोटी, नेताहरू भूपेन्द्रजंग शाही, गुरुराज घिमिरे, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसीलगायतले सहभागिता जनाएका छन्।

तर भेलामा कांग्रेस नेताहरुलाई बोलाइएको छैन। नेतृत्वमा बसेकाहरूकै कार्यशैली सुधार गर्नुपर्ने दबाब दिन अभियानले प्रदेश भेलाहरू आयोजना गरिरहेको दाबी गर्दै आएको छ।

भेलामा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले पार्टीलाई सुधार गरेर गुटगत राजनीतिलाई बिदा गर्नुपर्ने बताए। उनले भने, ‘एकताबद्ध भएर सबै पार्टी रुपान्तरण अभियानमा लाग्नुपर्छ।’

कांग्रेस रुपान्तरण अभियानले २० जेठमा गण्डकी प्रदेशको पोखरा र २२ जेठमा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गरिने बताएको छ। २४ जेठमा कर्णाली प्रदेशको सुर्खेत, २६ जेठमा सुदूरपश्चिम प्रदेशको धनगढी र २९ जेठमा कोसी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला गरिने बताइएको छ।

प्रकाशित: May 30, 2023| 14:42 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्