सोमबार, वैशाख २८, २०८३

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध १० दिने उजुरी माग

समितिले संवैधानिक परिषद्बाट सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो।
 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं– आज बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने गरी समय निर्धारण गरेको छ।

National life

समितिले संवैधानिक परिषद्बाट सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो।

मितिको पहिलो बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने निर्णय गरेको छ। सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन र नेपाल टेलिभिजनबाट प्रसारण गरिने समितिको सूचनामा भनिएको छ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकमा कार्कीको व्यक्तिगत विवरण सांसदलाई वितरण गरिएको छ।

कार्कीमाथिको उजुरी लिखित, पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिनेछ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने बेनामे उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ। 

गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशमा कार्यरत छन्।

प्रकाशित: May 30, 2023| 11:04 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्