सोमबार, वैशाख २८, २०८३

सिंहदरबारमा संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक 

विभिन्न संवैधानिक नियुक्ति सिफारिस भएर आएका व्यक्तिबारे दलको निर्देशनभन्दा पनि आफैंले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिलाई आगह।
 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं– आइतबार मात्रै पूर्णता पाएको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा बसिरहेको छ। समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो। 

National life

बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरे। सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्य रहेका कारण समितिले आफ्नो जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने विश्वास व्यक्त गरे। प्रधानन्यायाधीश नियुक्तिलगायत कामको सुनुवाइ छिटो गर्नुपर्ने उनले औंल्याए। 

राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले संवैधानिक परिषद्बाट आउने कतिपय सिफारिसलाई गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरी समितिले काम गर्ने विश्वास व्यक्त गरे।

सिफारिस भएर आएका व्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशनभन्दा पनि आफैंले स्वतन्त्रपूर्वक निर्णय गर्न समितिलाई उनको आग्रह छ।

गत आइतबार मात्रै कांग्रेस, एमाले, माओवादी, रास्वापालगायत दललाई भागबन्डा मिलाउने गरी १५ सदस्यीय संसदीय गठनका लागि दलहरुले सभामुख घिमिरेकहाँ नाम पठाएका थिए। 

प्रकाशित: May 30, 2023| 10:55 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्