शुक्रबार, वैशाख १४, २०८१

गाँजाखेतीको प्रस्तावप्रति पूर्वमन्त्री तामाङ खुसी

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन्।

नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा एमालेका स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन्। उनले भने, 'सरकार र समर्थनलाई धन्यवाद। हामी सबैलाई बधाई।'
 

प्रकाशित: May 29, 2023| 21:26 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्