बुधबार, भदौ ११, २०८२

शेखर कोइरालाले औंल्याए दलहरूबाटै गणतन्त्रमाथि खतरा

भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन नसकेकै कारण जनतामा वितृष्णा बढेको नेता कोइरालाको बुझाइ। 
 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस नेता शेखर कोइरालाले गणतन्त्रमाथि पूर्वराजाबाट नभई राजनीतिक दलहरूबाटै खतरा रहेको बताएका छन्।

Kumaribank

सोमबार कांग्रेस ललितपुर १ को सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप ठीक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा बढिरहेको बताएका हुन्।

उनले भने, ‘राजाका गतिविधि हुनेबित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भन्छौं। तर उनीबाट होइन। गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरुबाटै छ। भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको छ।’

उनले कांग्रेसबारे नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न नेता, कार्यकर्तासँग उनको आग्रह छ।

प्रकाशित: May 29, 2023| 16:10 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्