बुधबार, भदौ ११, २०८२

रेशम रिहाइ कानुनी शासनमाथिको बलमिच्याइँ: गगन

सरकार चलाउन सजिलो बनाउने नाममा प्रचलित कानुनी शासनलाई मिचेर रेशमलाई रिहा गरिएको नेता थापाको आरोप। 
 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रहेका सत्तारुढ कांग्रेसकै मन्त्री सहभागी मन्त्रिपरिषद् बैठकको सिफारिसमा टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिइपछि पार्टीभित्र विरोधका स्वर सुनिन थालेका छन्।

Kumaribank

कांग्रेस महामन्त्री गगन थापाले रेशमलाई रिहा गरिनु कानुनी शासनको बर्खिलाप र गणतन्त्रमा राजाको जस्तो पञ्चायती हुकुमी शासनको  नमुना भएको बताएका हुन्। 

कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। सांसदसमेत रहेका नेता थापाले कुनै पनि विषयमा अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा कानुनले बन्दोबस्त गरेको कुरालाई सरकारले लत्याउने काम गरेको आरोप लगाए। 

गगनले भने, ‘राज्यले निर्धारण गरेको कानुनी बन्दोबस्तबाट कोही पनि बाहिर जान पाउँदैन’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुमले चल्दैन, यो गणतन्त्रको शासन हो। यहाँ कानुनको शासन मात्रै हुन्छ र चल्छ।’ सरकार चलाउन सजिलो बनाउने नाममा प्रचलित कानुनलाई मिचेर रेशमलाई रिहा गरिएको उनको भनाइ थियो। 

उनले भने, ‘सरकार चलाउने कुरामा केही सजिलो या गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिचेर, थिचेर बलमिच्याइँ गर्दै छौँ। अदालतको पूर्ण पाठ नआउँदै निर्णय गरेर अदालतलाई हेपियो। कांग्रेस भन्ने पार्टी विधिको शासनमा चल्छ भन्ने मान्यता छ। तर सत्ताका लागि विधि र कानुनको शासनको वकालत गर्दा कांग्रेसले यस्तो सरकार गए केही हुँदैन, अर्को आउँछ भन्नुपर्नेमा उल्टो भयो।’

Metro Mart

अरुले दायाँबायाँ गरे पनि कांग्रेस पार्टी आफ्नो मान्यतामा चल्छ भनिन्थ्यो। आफ्नो सिद्धान्तबाट हलचल गर्दैन, जति गाह्रोसाह्रो परे पनि आफ्नो मान्यतामा चल्छ भनिँदै आए पनि रेशम रिहाइमा चुकेको देखिएको उनले दाबी गरे।

प्रकाशित: May 29, 2023| 14:20 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्