बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास : प्रधानमन्त्री प्रचण्ड

शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने प्रयास भइरहेकाले त्यसलाई असफल बनाइने प्रधानमन्त्रीको उद्घोष।
 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र समावेशी लोकतन्त्रको उत्कृष्ट अभ्यास भएको बताएका छन्। उनले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै भएको औंल्याए।

triton college

१६औं गणतन्त्र दिवस अवसरमा आज नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत भइरहेका छन्। संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयास कदापि सफल हुने छैनन्। किनकि, लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो।’

सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो। सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्रीलगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए। 

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ। २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो।

corrent noodles
Metro Mart

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार २८ चैत २०६४ मा ऐतिहासिक संविधानसभा निर्वाचन भएको थियो।१५ जेठ २०६५ मा संविधान सभाको प्रथम बैठकले २४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो। 

कार्यक्रम अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएका थिए। समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। 

खुल्यो पोखराको रत्नमन्दिर
पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गणतन्त्र दिवसका दिन फेवाताल किनारमा रहेको रत्नमन्दिर खुला गरेका हुन्।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउजाउ गर्दा बसोबास गर्ने ठाउँ हो। तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानीरत्नको नामबाट दरबार निर्माण गरेका थिए। २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो। सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल सरकारको अधीन छ।

गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकट व्यवस्था गरिने नेपाल ट्रस्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन्।

प्रकाशित: May 29, 2023| 12:04 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्