बुधबार, फागुन २७, २०८२

महिनावारी विभेद अन्त्यका लागि जनचेतना बढाउन आवश्यक

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले महिनावारी विभेदलाई तोड्नुपर्ने बताएकी छिन्।

National life

अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा आईतबार राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले महिनावारी विभेदलाई तोड्नुपर्ने बताएकी हुन्। महिनावारी विभेद अन्त्य गर्न महिलामात्र सजग भएर नपुग्ने र यो अभियानमा पुरुषहरूले पनि साथ दिनुपर्ने उनले बताईन्। 

महिनावारीको समयमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याडको सहज उपलब्धता गराउन सरकारलाई उनले आग्रह गरिन्। ‘सार्वजनिक स्थल, विद्यालयहरूमा पनि सहज रूपमा सेनेटरी प्याड नपाएको सुनिन्छ अन्तको त कुरै छोडौँ संसद् भवनकै महिला शौचालयमा पनि सेनेटरी प्याड नभएको महिला सांसदहरूले गुनासो लिएर आउनुभयो मैले प्याडको व्यवस्था गर्न निर्देशन पनि दिइसकेँ।अहिले स्यानेटरी प्याड व्यवस्थापन भईसकेको छ’ उनले भनिन् ‘सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी सरकारले बजेट ल्याउनुपर्छ।’ 

उनका अनुसार महिनावारी हुँदा महिलाहरूले विभेदसँगै शारीरिक हिंसा पनि भोग्नुपरेको छ। यो विभेद अन्त्य गर्न सरकार एक्लैले नसक्ने भएकाले विभेद अन्त्यका लागि सबै जनता एकजुट हुन उनको आग्रह छ।

त्यसैगरी, राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालका संयोजक गुणराज श्रेष्ठले २०१९ को तथ्याङ्क अनुसार नेपालको महिलाको कुल जनसङ्ख्या मध्ये २ दशमलव ९ प्रतिशत जनसङ्ख्या महिनावारीको समयमा छाउगोठमा बस्न बाध्य भएको जानकारी दिए।

Laxmi sunrise bank
kumari

कार्यक्रममा युनिसेफका नेपाल प्रमुख एलके विइसले महिनावारी विभेद अन्त्यका लागि जनचेतना बढाउन आवश्यक रहेकोमा जोड दिइन्। उनले महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा महिलाको स्वास्थ्यमा समेत असर गर्ने बताईन्।

कार्यक्रममा नेपालमा महिनावारी अभियन्ताका कथाहरू नामक पुस्तकको विमोचन भएको छ। जसमा ३४ जना महिनावारी अभियन्ताका कथा समेटिएको पुस्तकका प्रकाशक बाबुकाजी श्रेष्ठले जानकारी दिए

प्रकाशित: May 29, 2023| 09:36 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्