सोमबार, वैशाख २८, २०८३

संसदीय सुनुवाइ विशेष समिति गठन

 |  आइतबार, जेठ १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको टुंगो लागेको छ। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यहरू रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की समितिमा परेका छन्।

National life

प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जिएम छन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा, जसपाबाट प्रकाश अधिकारीले समितिमा प्रतिनिधित्व गर्ने भएका छन्।

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल, माओवादीका जगतप्रसाद शर्मा गत वैशाख १३ गते नै मनोनित भइसकेका छन्।

प्रकाशित: May 28, 2023| 14:49 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्