बिहीबार, भदौ १२, २०८२

सुमनाको शब्दमा रामहरिको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- रास्वपा सांसद सुमना श्रेष्ठले संसद् बैठकमा बोल्ने क्रममा 'पागलपन' शब्द प्रयोग गरेपछि कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाइका छन्। पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने तर्क सांसद खतिवडाको छ।

संघीय संसद्को संयुक्त बैठकमा बोल्ने क्रममा श्रेष्ठले भनेकी थिइन्, ‘काम गर्ने तरिका नफेर्ने, तर नतिजा बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसनबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो।’

उनले त्यति भनेपनि सांसद खतिवडाले उठेर आपत्ति जनाएका थिए। उनले भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादाअनुसार चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौं। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’ सभामुख देवराज घिमिरेले यसबारे ध्यानाकर्षण भएको बताए पनि हटाउन भने निर्देशन दिएनन्। उनले भने, ‘उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यसकारण यस्ता कुरालाई ध्यान राख्नुस्।’

प्रकाशित: May 28, 2023| 12:59 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्